Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

    आज विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

    अनलाइन नेपाल
  • शुक्रबार, २१ बैशाख २०८१
  • 651
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै छन् ।

    प्रदेशसभा सचिवालयका अनुसार बेलुकी ५ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ।



    मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने तयारी गरेको भए पनि सत्तारुढ दल एमालेले अहिलेसम्म औपचारिक निर्णय गरेको छैन।



    मुख्यमन्त्री सोडारीलाई अन्तिम समयमा समर्थन गरेर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको एमालेले विश्वासको मत दिने विषयमा स्पष्ट निर्णय नगर्दा आज सोडारीलाई विश्वासको मत लिन समस्या हुने देखिएको छ।

    ५२ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १० नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ तथा राप्रपा र स्वतन्त्र पार्टीका एक/एक सांसद छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार