Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट पूर्णरूपमा सूचारु भएको छ ।

पर्यटन राजधानी पोखराको उडान आजबाट सुचारु भएको हो । विगत एक सातादेखि कम भिजिबिलिटीका कारण उडानहरू निकै प्रभावित भएको थियो ।

२५ अप्रिलदेखि सुरु भएको अवरुद्ध उडान एक सातापछि आज बिहानदेखि सञ्चालन भएको छ । काठमाडौंदेखि पोखराको उडान दैनिक १७ रहेको बुद्ध एयरले जनाएको छ ।

साथै पोखराबाट नेपालगन्ज, भैरहवा तथा भरतपुरको पनि सीधा उडान रहेको छ । २५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकूल भिजिबिलिटी भएपछि बुद्धले सात उडान भरेको थियो । अप्रिल २६ र २७ का दिन एउटा पनि उडान भएनन् ।

२८ अप्रिलका दिन दिउँसो साढे १ बजेदेखि मौसममा सुधार भएपछि ६ उडान भएको थियो । त्यसैगरी २९ र ३० अप्रिलका दिन पनि एउटै उडान भएनन् । मे १ का दिन दिउँसो १ बजेदेखि मौसममा सुधार भएपछि पाँच उडान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077