काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमण्डले अग्रता लिएको छ ।
घरेलु मैदानमा गएराति भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० हराएको हो।
डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे ।
दोस्रो लेग अर्को हप्ता पिएसजीको मैदानमा हुनेछ। यस टाईको विजेताले उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेताविरुद्ध खेल्नेछ।
Leave a Reply