Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका १८ एसएसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बलका १८ जना एसएसपीहरूको एकसाथ सरुवा भएको छ । गृह मन्त्रालयले मंगलबारको निर्णयअनुसार १८ एसएसपीहरूको एकैसाथ सरुवा गरेको हो ।

सशस्त्र प्रहरी प्रवक्तासमेत रहेका एसएसपी राजेन्द्र खड्कालाई यूएन तालिम शिक्षालय ककनीमा सरुवा गरिएको छ ।

रविनराज कर्णजितलाई पर्वतीय उद्दार तालिम शिक्षालय मनाङ र सुधीरजंग थापालाई हुल तथा दंगा व्यवस्थाापन तालिम शिक्षालय लामापाटनमा पठाइएको छ ।

सञ्चार तथा इन्जिनियरिङ तर्फका इन्जिनियर प्रमोदकुमार शाह तेलीलाई प्राविधिक तालिम शिक्षालय काठमाडौँ र इन्जिनियर नानीराम हुमागाईंलाई कार्य विभागमा सरुवा गरिएको छ ।

सरुवा भएकामध्ये केही एसएसपीलाई ८ महिनामै हेडक्वार्टर तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077