Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालय आफैँ पुगे श्रीमान

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

३२ वर्षीया श्रीमती अनिसा परियारको हत्या गरेको पक्राउ काठमाडौं महानगरपालिका ६ भुगोलडाँडा डेरा गरी बस्ने ओखलढुङ्गाका सन्तोष परियार पक्राउ परेका हुन् ।

उनलाई बुधवार बिहान प्रहरीले पक्राउ गरेको हो ।

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको भन्दै परियार आफै प्रहरी वृत्त बौद्धमा पुगेका थिए ।

त्यसपछि प्रहरीले उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077