Online Nepal
  • बुधबार, १० पुष २०८१
  • वैशाख २५ गते बजेट अधिवेशन बोलाउने सरकारको तयारी

    वैशाख २५ गते बजेट अधिवेशन बोलाउने सरकारको तयारी

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 414
    SHARES

    काठमाडौं । सरकारले वैशाख २५ गतेदेखि संघीय संसद्‌को बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले वैशाख २५ या २६ गतेदेखि अधिवेशन बोलाउने तयारी रहेको बताएका हुन् ।



    मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले संसद्‌को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।



    भोलि बिहीवार बस्ने मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि सिफारिश गर्ने सरकारको तयारी गरेको छ । जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

    बजेटअघि संसद्‌मा राष्ट्रपतिले सरकारका नीति तथा कार्यक्रम पेश गर्ने बजेट अधिवेशनको कार्यसूची रहन्छ ।

    संसद्‌मा प्रिबजेट छलफल भने सम्पन्न भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार