Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ‘विकास र समृद्धिका लागि स्वदेशी श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ’

    ‘विकास र समृद्धिका लागि स्वदेशी श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ’

    अनलाइन नेपाल
  • बुधबार, १९ बैशाख २०८१
  • 363
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लाहुरे संस्कृति मुलुकको विकास र समृद्धिको बाधक रहेको बताएका छन् ।

    १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै जागिरको खोजी गर्ने र काम गर्नका लागि विदेश जान खोज्ने लाहुरे संस्कृति विकासको बाधक भएको बताएका हुन् ।



    ‘ठूलो संख्यामा युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा जाने जुन परिस्थिति उत्पन्न भएको छ । त्यसमा दुई प्रकारका मनोविज्ञानहरुले काम गरेको छ’, उनले भने, ‘एउटा मनोविज्ञान देशभित्र काम गर्न नचाहने, देशभित्र रोजगारीको कुरा गर्दाखेरि सरकारी जागिरको खोजी गर्ने र काम गर्नका लागि बाहिर जाने लाहुरे संस्कृति स्वाभाविक रुपमा हाम्रो मुलुकको विकास र समृद्धिको बाधक रहेको छ भने अर्को रोजगारीका अवसरहरुको अभाव नेपालको श्रम पलायनताको एउटा कारण बनिरहेको छ ।’



    महासचिव पोखरेलले मुलुकमै काम गर्ने मनोविज्ञान विकास नहुँदासम्म अर्थतन्त्रलाई सही बाटोमा अगाडि बढाउन नसकिने बताए । उनले भने–‘स्वदेशमै केही गर्छु भन्ने कुरालाई आत्मसात् गर्न जरुरी छ । हामीले स्वदेशी श्रमप्रति सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्छ ।’

    महासचिव पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन पनि सरकारसँग आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार