काठमाडौं । भारतीय अभिनेता सलमान खानको घरमा गोली चलाएको घटनाका आरोपीमध्ये एकले हिरासतमै आत्महत्या गरेका छन् ।
थुनामा रहेका बेला तौलीयाले पासो लगाएर अनुज थापनले आत्महत्या गरेको भारतीय प्रहरी अधिकारीले बताएका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार पासो लगाएर अचेत बनेका अनुजको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
१४ अप्रिलमा भएको घटनामा ५ जना पक्राउ परेका थिए ।
Leave a Reply