काठमाडौं । सिम्रिक एयरका पाइलटलाई निलम्बन गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान सुरक्षाको प्रोटोकल पालना नगरेको भन्दै ती पाइलटलाई सक्रिय ड्युटीबाट निलम्बन गरेको हो ।
मंगलबार बिहान कतार एयरवेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्ने क्रममा लुक्लाबाट काठमाडौं आएको सिम्रिक एयरको हेलिकोप्टर करिब दुई नटिकल माइल नजिक पुगेको थियो ।
विमानस्थलले हेलिकोप्टरका पाइलटलाई बोलाएर सोधपुछ गरेको थियो । घटनाको विस्तृत अध्ययन गर्न विमानस्थलले नियामक निकाय प्राधिकरणलाई सिफारिस गरेको थियो ।
Leave a Reply