एजेन्सी । पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी कम्तीमा १४३ जनाको मृत्यु भएको छ।
अप्रिलमा सबैभन्दा बढी मानवीय क्षति उत्तरपश्चिमी खैबर पख्तुनख्वामा भएको हो ।
यो राज्यमा ३८ बालबालिकासहित ८३ जनाको मृत्यु भएको छ। यहाँ तीन हजार ५०० भन्दा बढी घर क्षतिग्रस्त भएका छन् ।
पाकिस्तानको मौसम विज्ञान विभागका प्रवक्ता जहीर अहमद बाबरले अप्रिलमा पाकिस्तानमा सामान्य स्तरभन्दा १६४ प्रतिशत बढी वर्षा भएका कारण यस प्रकारको क्षति बेहोर्नुपरेको बताए।
Leave a Reply