Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाधिवेशनका लागि चन्दा उठाउन थाल्यो एकीकृत समाजवादी

काठमाडौं । महाधिवेशनका लागि नेकपा (एकीकृत समाजवादी) ले आर्थिक सहयोग संकलन थालेको छ ।

आगामी असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुने १० औं महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउन पार्टीले आर्थिक संकलन अभियान थालेको हो ।

पार्टी उपाध्यक्ष तथा महाधिवेशन आर्थिक परिचालन कमिटीका अध्यक्ष प्रमेश हमालको अध्यक्षतामा मंगलबार बसेको बैठकले आर्थिक सहयोग संकलन अभियान सुरू गर्ने निर्णय गरेको हो।

समितिले आवश्यक आर्थिक संकलन गर्न रसिद प्याड छाप्ने काम गरेको र रसिद प्याडमा क्यु आर कोड पनि राखिएकाले क्यु आर कोडमार्फत् पनि सहयोग गर्न सकिने सचिव जीवनराम श्रेष्ठले बताए।

अध्यक्ष माधवकुमार नेपालले महाधिवेशनका लागि सहयोगस्वरुप २५ हजार रुपैयाँ क्यु आर कोडमार्फत् दिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077