Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • विधेयक पारित नै नगरी अन्त्य भयो कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन

    विधेयक पारित नै नगरी अन्त्य भयो कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 516
    SHARES

    सुर्खेत । कर्णाली प्रदेश सभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ। कुनै पनि विधेयक पारित गर्न नसकी बैठक अन्त्य भएको हो।

    फागुन ३० गतेदेखि सुरु भएको दोस्रो कार्यकालको तेस्रो बैठकबाट विभिन्न विधेयक पारित हुने गरी बिजनेस पाउने भनिए पनि सरकारको फेरबदलले कुनै पनि विधेयक पारित हुन नसकी गए राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरिएको हो।



    यो अधिवेशनमा मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिए भने प्रदेश खेलकुद विकास ऐन ०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, विषयगत समितिमा विचाराधीन अवस्थामा रहेका छन्। यी विधेयक संसद्‌मा टेबल नै हुन पाएनन्।



    प्रदेश प्रमुख तिलक परियारले दोस्रो कार्यकालको तेस्रो अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए। संविधानको धारा १८३ को उपधारा २ बमोजिम अधिवेशन अन्त्य गरिएको पत्र सभामुख नन्दा गुरुङले पढेर संसद्लाई जानकारी गराएका थिए। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार