Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विदेश पठाउने नाममा ठगी धन्दा : ४२२ जनाबाट ३ करोडभन्दा बढी ठगी !

काठमाडौं । प्रलोभन देखाएर विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहका सदस्यहरू पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो ।

यस गिरोहका मुख्य अभियुक्त धादिङका रमेश बयलकोटी रहेको र यो गिरोहले ४२२ जनासँग ३ करोडभन्दा बढी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुले न्युजिल्यान्ड, रोमानिया, थाइल्यान्डलगायत मुलुकमा पठाउने नाममा उनीहरूले ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।

भिसा प्लस कन्सल्टेन्सीका नाममा ठगी धन्दा चलाउँदै आएको गिरोहले न्युजिल्यान्ड पठाउने नाममा जनही १७ तथा रोमानिया पठाउने नाममा ७ लाखसम्म ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077