Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशको विकास एमालेको नेतृत्वमा मात्र सम्भव छ : ईश्वर पोखरेल

वीरगन्ज । नेकपा एमालेका वरिष्ठउपाध्यक्ष ईश्वर पोखरेलले एमालेको नेतृत्वमा मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्ने बताएका छन् ।

वीरगन्जमा नेकपा एमाले पर्सा जिल्लाको नवौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्फ ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ । सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढङ्गले जान्छ, देश बनाउने सपनाहरूलाई जागृत गर्ने सवालमा एमाले छलाङ मार्न सक्छ ।’

नयाँ समीकरणबाट बनेको सरकारमा आन्तरिक त्यस्तो कुनै पनि खटपट नरहेकोले गठबन्धन कुनै तलमाथि नहुने उनले जिकिर गरे । एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरामा कुनै दम नरहेको उनको भनाइ छ ।

उपाध्यक्ष पोखरेलले ईलाम र बझाङमा अहिलेको भएको उपनिर्वाचनको परिणामले एमालेको लोकप्रियता अझै बढ्दै गएको पुष्टि गरेको बताए ।

दुई जिल्लामा भएको उपनिर्वाचनको परिणामले देशमा एमालेको बहुमत ल्याउन जनता नै आतुर रहेको तथ्यलाई प्रमाणित गरिसकेकोपनि उनले बताए। पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले राष्ट्रिय राजनीतिमा एमालेको वर्चश्व हाबी हुँदै गएको बताए।

अहिले मुलुकमा विद्यमान राजनीतिक अस्थिरता र दुरदशाको अन्त्य गर्न अबको निर्वाचनमा कुनै न कुनै दलको एकल बहुमत हुनैपर्ने आवश्यकता देखिएको बताउँदै उनले त्यो बहुमत एमालेले नै ल्याउने जिकिर पनि गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077