Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम उपनिर्वाचन : एमालेका सुहाङको अग्रता कायमै, ६ हजार ५०७ मतान्तर !

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १९ हजार ६९७ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले १३ हजार १९० मत पाएका छन् । उनीहरूबीच ६ हजार ५०७ मतान्तर छ ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ५१४ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले ३ हजार ३२३ मत पाएका छन् ।

गत शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २८७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077