Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी लाइसेन्स घोटाला प्रकरण : बुटवल यातायातका अधिकृत पक्राउ

काठमाडौँ । सवारी लाइसेन्स घोटाला प्रकरणमा एकजना पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नारायणप्रसाद पाण्डेलाई पक्राउ गरिएको हो ।

पाण्डे आईटी अधिकृत हुन् । यसअघि ब्यूरोले संचार मन्त्रालयमा कार्यरत आइटी अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागका पूर्व करारका कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको थियो ।

यातायात व्यवस्था विभागमा कार्यरत रहँदा उनीहरूले फर्जी लाइसेन्स बनाएर बेचेको आरोप छ । उनीहरुमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077