Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा एकीकृत समाजवादीको जमानत जफत

बझाङ । बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) को जमानत जफत भएको छ ।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका दिल बहादुर सिंहले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो ।

जमानत जोगाउनका लागि २ हजार ९७१ मत ल्याउनुपर्ने थियो तर उनले कुल सदर मत २९ हजार ७०५ मध्ये २ हजार ५१४ मत मात्रै पाए ।

निर्वाचनमा पराजित नेकपा माओवादी केन्द्रका उम्मेदवार जनक बहादुर बुढाले भने जमानत जोगाएका छन् । उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् ।

यस्तै कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077