Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, भण्डारी ९ मतले अगाडि

बझाङ । बझाङ प्रदेश सभा सदस्यको मतगणनामा एमाले र कांग्रेस उम्मेदवारबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

मत गणनाका क्रममा कहिले कांग्रेस उम्मेदवार अभिषेक सिंह र कहिले एमाले उम्मेदवार दमन भण्डारीले अग्रता लिँदा नतिजा रोचक मोडमा पुगेको हो ।

सोमबार बिहानदेखि कांग्रेस उम्मेदवार सिंहले बनाएको अग्रता केही बेरअघि एमाले उम्मेदवार भण्डारीले तोडेका छन् । उनी ९ मतले अगाडि रहेका छन् ।

भण्डारीले ९ हजार ८ सय ८९ मत ल्याउँदा सिंहले ९ हजार ८ सय ८० मत प्राप्त गरेका छन्।

यस्तै माओवादीका जनक बुढाले ३ हजार ६ सय ६३ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म २६ हजार २ सय १८ मत गनिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077