एजेन्सी । लोकसभा चुनावअघि दिल्लीमा प्रमुख विपक्षी कंग्रेसलाई ठूलो झट्का लागेको छ ।
अरविन्दर सिंह लवलीले दिल्ली कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले यसको पछाडि आम आदमी पार्टीसँगको गठबन्धनलाई कारण दिएका छन् ।
कंग्रेसका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड्गेलाई उनले पठाएको राजीनामामा आम आदमी पार्टीका मन्त्री भ्रष्टाचारको आरोपमा जेलमा रहेकोमा पार्टीले उनैसँग गठबन्धन गर्नुले कार्यकर्ताले विरोध गरेको जनाएका छन् ।
उनले दिल्ली कंग्रेस उक्त पार्टीको विरोधमा रहेको जनाउँदै कंग्रेसविरुद्ध उसले झूठो आरोप लगाएको जनाएका छन् ।
Leave a Reply