Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम–२ मा सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता, रास्वपाका मिलन चौथोमा

काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् ।

२१ हजार ६१० मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका हुन् ।

दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६३४ मत प्राप्त गरेका छन् ।

रास्वपाका मिलन लिम्बूले १ हजार ३०५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077