Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ उपनिर्वाचन : एमालेलाई उछिन्दै कांग्रेसको अग्रता

बझाङ । बझाङमा नेकपा एमालेलाई उछिन्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

२० हजार ३३ मत गन्दा कांग्रेसका अभिषेक बहादुर सिंहले ७ हजार ४९२ मत ल्याएका हुन् । उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९५ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन् ।

अहिले मष्टा गाउँपालिकाको मतगणना भइरहेको छ। अब मष्टा, तल्कोट र साइपाल गाउँपालिकाको मतगणना बाँकी रहँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा टक्कर हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077