Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ उपनिर्वाचन : एमालेको अग्रता कायमै, पछ्याउँदै कांग्रेस

काठमाडौं । प्रदेशसभा उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेशसभा १ (२) मा नेपाली कांग्रेसले तीन हजार मत कटाएको छ ।

प्राप्त पछिल्लो तथ्यांक अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका दमनबहादुर भण्डारीले तीन हजार ७४८ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह तीनहजार १८२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले दुईहजार ६ मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले एकहजार १४० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077