Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ उपनिर्वाचन : एमालेका उम्मेदवार सुहाङ ७८० मतान्तरले अगाडि

इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

अहिलेसम्म फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४, र ६ को मतगणना सकिँदा उनले ३ हजार २४९ मत ल्याएका हुन् । यस्तै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २ हजार ४६९ मत ल्याए ।

यस आधारमा सुहाङ ७८० मतान्तरले अगाडि छन् । अहिलेसम्म स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ७०३ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले ४३४ मत पाएका छन् ।

अहिलेसम्म ७०४३ जम्मा मत गणना भएको र त्यसमा ७९ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077