Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पोखराका वडाध्यक्ष भन्छन्–पेस्तोल बरामद प्रकरणमा मेरो संलग्नता छैन

पोखरा । एक साताअघि पेस्तोलसहित पक्राउ परेका एक ठेकदारले आफ्नो नाम लिएकोप्रति पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले आपत्ति जनाएका छन्।

बैशाख ६ गते पेस्तोलसहित काठमाडौंको बौद्धबाट पक्राउ परेका ठेकेदार मिमसिंह लामाले आफूलाई वडाध्यक्ष थापासहितले पेस्तोल राखेर फराएको भन्दै प्रहरीसमक्ष बयान दिएको समाचार ‘पेस्तोल काण्डमा पोखराका वडाअध्यक्ष मुछिए’ शिर्षकमा अनलाइन नेपालमा प्रकाशित भएको थियो ।

तर, ठेकेदार लामाले प्रहरीलाई दिएको उक्त बयानमा सत्यता नभएको अध्यक्ष थापाले अनलाइन नेपालसँग बताएका हुन् । अनलाइन नेपालसँगको कुराकानीमा अध्यक्ष थापाले ठेकेदार लामासँग आफ्नो चिनजान समेत नभएको प्रतिकृया दिएका छन् ।

उनले भने–‘म सामाजिक पद धारणा गरेको व्यक्ति हुँ । वडा नं. २७, ३० र ३१ मा पर्ने बाटोको शिलान्यास कार्यक्रममा ठेकेदारहरुसँग भेटघाट भएको थियो । तर, मैले मिमसिंह लामालाई व्यक्तिगत रुपमा चिन्दिन । त्यतिबेला पनि कार्यपालीका र ठेकेदारहरुको समूहसँग मात्रै भेटघाट भएको हो ।’

बैशाख ६ गते प्रहरी वृत्त बौद्धले चार राउन्ड गोलीसहितको सेमि अटोमेटिक पेस्तोलसहित ठेकदार मिमसिंह लामालाई नयाँबस्तीबाट पक्राउ गरेको थियो । उनको १. बा १८ च ८३६१ नं. को सिल्भर कलरको स्कारपियो गाडीमा पेस्तोल भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077