Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ मा झण्डै २१ सय मत गन्दा खड्काको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ ।

फाकफोकथुम गाउँपालिकाका १ र २ नम्बर वडाको मतगणना जारी रहदा कांग्रेस उमेदवार डम्बर खड्का ८२ मतान्तरले अगाडि छन् । यी दुई वडाबाट खड्काले एक हजार १४५ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ६३ मत ल्याएका छन् ।

तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम रहेका छन् । मुढा चिह्नका थेगिमले ३११ मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बूले २०९ मत ल्याएका छन् ।

इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेकामा ६९ हजार ४२१ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077