Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता, रास्वपाका लिम्बू चौथोमा

इलाम । इलाम-२ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् ।

फाकफोकथुम गाउँपालिकाका एक हजार ५४१ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका हुन् ।

कांग्रेस उमेदवार डम्बर खड्काले ६५७ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार सुवाह नेम्वाङले ५३४ मत ल्याएका छन् ।

यस्तै, स्वतन्त्र उमेदवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बूले ११५ मत ल्याएका छन् ।

इलाम–२ मा आइतबार मध्याह्नदेखि मतगणना थालिएको हो । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता रहेकामा ६९ हजार ४२१ जनाले मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077