Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नक्कली परीक्षार्थी खडा गरेको आरोपमा प्रिन्सिपल पक्राउ

काठमाडौं । नक्कली परिक्षार्थी खडा गरेर कक्षा १२ को परीक्षा दिन लगाएको आरोपमा एक प्रिन्सिपल पक्राउ परेका छन्।

काठमाडौं धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेन्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महत पक्राउ परेका हुन्।

महतविरूद्ध कक्षा १२ मा नक्कली परीक्षार्थीलाई जाँच दिलाएको आरोपमा छ।

सोही अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनले कक्षा १२ मा एक जना विद्यार्थीको नाममा अर्कैको फोटो टाँसेर परीक्षा दिन लगाएको फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077