Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ को मतगणना सुरू

काठमाडौं । इलाम-२ को मतगणना सुरू भएको छ ।

फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको हो ।

यसअघि सर्वदलीय बैठकले क्रमशः फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई, देउमाई, इलामको वडा नम्बर १ देखि गणना सुरु गर्ने निर्णय गरेको छ ।

मतगणना दुई स्थानबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । फाकफोकथुम १ मा यसअघिको स्थानीय तह निर्वाचनमा काँग्रेसका कर्ण बहादुर लिम्वूले ८०४ मत ल्याउँदा एमालेका बेगबहादुर निरौलाले ४७७ मत ल्याएका थिए ।

यस्तै माओवादीका भोजबहादुर बोहराले २२६ मत ल्याएका थिए ।

यस्तै २ नम्बर वडामा पनि काँग्रेसका यमबहादुर खत्री पौडेलले ७१४ मत ल्याउँदा एमालेका देउकुमार राईले ७०७ मत ल्याएका थिए भने जसपाका धनसिंह राईले ९२ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077