Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु गर्ने सर्वदलीय बैठकको निर्णय

इलाम । इलाम-२ मा मतगणना बिहान ११ बजे सुरु गर्ने निर्णय भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजे मतगणना थाल्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु गर्ने जानकारी दिएको छ । त्यसपछि क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको मतगणना हुनेछ ।

सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ । हलका दुई स्थानमा मतगणना हुनेछ। मतगणनाको नतिजा इलाम चोक बजारको ‘डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।

इलाम २ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६६९ हजार २ सय ८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो भनेको ५९ दशमलव ७९ प्रतिशत मत खसेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077