Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ उपनिर्वाचन : सबै मतपेटिका सदरमुकाम ल्याइयो, सर्वदलीय बैठक बस्ने तयारी

बझाङ । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतपेटिका संकलनको काम सकिएको छ ।

आइतबार बिहानै साइपाल गाउँपालिकाका तीन वटा मतदान केन्द्रका मतपेटीका दुई पटक हेलिकप्टरमार्फत् मतगणना स्थल चैनपुरमा ल्याइएको हो ।

बझाङ १ नम्बर प्रदेश सभाको उपचुनावअन्तर्गत शनिबार मतदान भएको थियो ।

सबै मतपेटिका चैनपुर ल्याइसकिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए ।

उनका अनुसार अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बिहान १० पछि मतगणना कार्य सुरू गरिने बताइएको छ ।

बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ मा शनिवार भएको उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077