Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ उपनिर्वाचन : मतपेटिका जिल्ला सदरमुकाम ल्याउन हेलिकप्टर पठाइयो

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतपेटिका संकलनको कार्य भइरहेको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार सो क्षेत्रको साइपाल गाउँपालिकाका तीन स्थानका मतपेटिका नेपाली सेनाको हेलिकोप्टरबाट जिल्ला सदरमुकाम ल्याउन लागिएको हो ।

चीनको तिब्बतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित याकुरी डाँडा, यारङकुरिङ, धुली र काँडाको मतपेटिका आउन बाँकी छन् ।

नेपाली सेनाको हेलिकप्टर मतपेटिका लिन बिहान ७ बजे सो स्थानतर्फ गएको बताइएको छ । सबै क्षेत्रको मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना गरिने बताइएको छ ।

चैनपुरस्थित बझाङ जिल्ला अदालतमा मतगणना गरिने जनाइएको छ । बझाङ–१ ‘क’ मा शनिबार भएको निर्वाचनमा ५० प्रतिशत मत खसेको थियो । उपनिर्वाचनमा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077