Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

इलाम । इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ ।

सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकमा बोलाइएको हो ।

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ। हलका दुई स्थानमा मत गणना हुने छ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।

इलाम २ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८८९ मतदातामध्ये ६६९ हजार २८७ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077