Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम–२ मा बिहान ७ बजेदेखि मतगणना हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको हो ।

इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ ।

उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो ।

यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077