Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इलाम–२ मा आइतबार बिहानदेखि मतगणना गर्ने निर्णय

इलाम । इलाम निर्वाचन क्षेत्र २ को मतगणना आइतबार बिहानदेखि हुने भएको छ ।

निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइपुग्ने भएपछि मतगणना भोलि बिहान सुरु गर्ने तयारी गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार केही मतदान केन्द्रको मतपेटीका आज बिहान १ बजेपछि मात्र आइपुग्ने सम्भाबना छ ।

मतपेटीका आएर मतपेटिका रुजु गर्न समय लाग्ने भएपछि गणनाको काम बिहान मात्र सुरु गर्ने अधिकृत घिमिरेले जानकारी दिए ।

इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।
संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077