Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित गरिएको छ ।

पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका परिमार्जनसहित पारित गरिएको हो ।

विभिन्न तहगत समिति, निकाय, भ्रातृसंगठन, पेसागत संघसंगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।

यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट २०० सदस्य बराबर एक प्रतिनिधि हुने गरी निर्देशिका पारित गरिएको बताइएको छ । जसपाको पहिलो महाधिवेशनले ७० प्रतिशत केन्द्रीय पदाधिकारी खुला र ३० प्रतिशत समावेशी प्रतिस्पर्धाबाट चयन गरिनेछ ।

जसपाको राष्ट्रिय महाधिवेशन आउँदो जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077