Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङ–१ मा ५० प्रतिशत मतदान, मतगणना आइतबार हुने

बझाङ । बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा करिब ५० प्रतिशतले मतदान गरेका छन् ।

शनिबार भएको उपनिर्वाचनमा बझाङमा ५० प्रतिशतले मतदान गरेका हुन् । निर्वाचन आयोगका अनुसार त्यहाँको निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ।

यहाँको मतगणना भने आइतबार मात्रै हुने बताइएको छ । मतपेटिका ल्याउन समय लाग्ने भएकाले आइतबार बिहान १० बजेदेखि मतगणना गर्नेगरी तयारी गरिएको बताइएको छ ।

यहाँको विकट क्षेत्रको मतपेटिकाहरू हेलिकप्टरमा ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077