Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ मा ५७ प्रतिशत मतदान, भोलिसम्ममा अन्तिम परिणाम आइसक्ने

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा ५७ प्रतिशतमात्रै मत खसेको छ ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५७ प्रतिशत मत खसेको हो ।  निर्वाचन कार्यालयकाअनुसार करिब ६६ हजारले मतदान गरेका छन् ।

इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा भएको १९ जना उम्मेदवार रहेका छन् । उनीहरूमध्ये १२ जना दलका तर्फबाट उम्मेदवार छन् ।

बाँकी स्वतन्त्र उम्मेदवार छन् । उम्मेदवारमध्ये एमालेका सुहाङ नेम्बाङ र कांग्रेसका डम्बर खड्काबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

सो क्षेत्रमा रास्वपाका मिलन लिम्बू र पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिमको समेत प्रभाव रहेको देखिन्छ ।

मतदान सकिएपछि आजै मत पेटिका सङ्कलन गर्ने र रातिबाटै मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम ७ मा रहेको गौतमबुद्ध सभाहल मतगणनाका लागि तयारी अवस्थामा राखिएको छ । मतगणना स्थलमा तारजाली लगाइएको छ ।

मतगणना भएसँगै सो स्थानमा कोही पनि पस्न नपाउने गरी व्यवस्था गरिएको छ ।

मतपेटिका सङ्कलन भएसँगै सर्वदलीय बैठक बसी आज रातिबाटै मत गणना सुरु गर्ने र भोलि बेलुकासम्ममा अन्तिम परिणाम घोषणा गर्ने गरी आवश्यक व्यवस्था मिलाएइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077