Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम-२ को उपनिर्वाचनमा साढे १० बजेसम्म २० प्रतिशत मतदान

इलाम । उपनिर्वाचन अन्तरगत इलाममा भइरहेको मतदानमा अहिलेसम्म २० प्रतिशत मत खसेको छ ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार इलाममा बिहान साढे १० बजेसम्म २० प्रतिशत मतदान भएको हो।

उपनिर्वाचन भइरहेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा अहिलेसम्म २० प्रतिशत मतदान भएको छ।

सबै मतदान स्थल र मतदान केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान चलिरहेको प्रहरीले जनाएको छ ।

इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन्। यसपालि इलाममा ४२२ जना मतदाता थपिएका छन्।

इलाम-२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएको छ। इलाममा ३९ मतदानस्थल सामान्य, २१ संवेदनशील र १९ मतदानस्थल अतिसंवेदनशील छन्।

यस आधारमा इलाममा ४७२ जना प्रहरी सामान्य मतदानस्थलमा, २८९ प्रहरी संवेदनशील मतदानस्थलमा र ३१८ जना अति संवेदनशील मतदानस्थलमा खटिएका छन्।

त्यस्तै ११ वटा मोबाइल गाडीमा ७७ जना प्रहरी परिचालन गरिएका छन्। मतदान साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077