Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनले रुसलाई सहयोग गरे कारबाही गर्ने अमेरिकाको चेतावनी

एजेन्सी । युक्रेनमाथिको आक्रमणमा रुसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीनलाई कारबाही गर्न चेतावनी दिएको छ ।

यदि चीनले युक्रेनमाथि आक्रमण गर्न प्रयोग भइरहेको सामग्री रुसलाई उपलब्ध गराउन नरोकेमा वासिङ्टनले कडा कारबाही गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका हुन् ।

शीतयुद्धपछि युरोपको सुरक्षा सबैभन्दा ठुलो खतरामा परेको र चीनले त्यसको विरुद्धमा काम गरिरहेको ब्लिङ्केनले स्पष्ट रूपमा चिनियाँ विदेशमन्त्रीलाई बताए ।

तर, ब्लिङ्केनले अमेरिकाले कस्तो कारबाही गर्न सक्छ भन्नेबारे केही भनेनन् । ब्लिङ्केनले अमेरिका केही विषयमा अगाडि बढेको सङ्केत गरेका छन् ।

ब्लिङ्केन २४ देखि २६ अप्रिलसम्म तीन दिने चीन भ्रमणमा आएका थिए । शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने चेतावनी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077