Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम उपनिर्वाचन : एमालेका उम्मेदवार नेम्वाङ र कांग्रेसका खड्काले गरे मतदान

इलाम । उपनिर्वाचनका लागि इलाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले मतदान गरेका छन्।

मुख्य निर्वाचन अधिकृतका अनुसार इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा नेकपा एमालेका उम्मेदवार नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार खड्काले मतदान गरेका हुन् ।

मतदानपश्चात उनीहरुले निधक्क भएर भोट हाल्न आग्रह गरेका छन् । बिहान ७ बजेबाट सुरु भएको मतदान आज बेलुका ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077