Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम र बझाङमा मतदान सुरु, दुई दिनभित्र मत परिणाम आउने

काठमाडौं । इलाम-२ प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

४२ वडा रहेको इलाम क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८ सय ७९ मतदाता छन्  । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार निर्वाचन सम्पन्न गरेको दुई दिनभित्र मत परिणाम घोषणा गर्ने तयारी गरिएको छ ।

त्यस्तै, बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा ९३ मतदान केन्द्रका लागि ४ सय ६५ कर्मचारी परिचालन गरिएका छन् ।निर्वाचन क्षेत्रभरि १२ सय जना सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077