Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपनिर्वाचन : इलाम–२ र बझाङ–१ ‘क’मा आज मतदान

काठमाडौं । इलाम-२ र बझाङ-१ 'क' मा आज उपनिर्वाचन हुँदैछ ।

रिक्त एक प्रतिनिधि सभा र एक प्रदेश सभा सदस्यको पदपूर्तिका लागि दुई निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ ।

आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र, सवारी चालक अनुमतिपत्रमध्ये कुनै एकको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077