Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आफ्नै पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

सिरहा । सिरहाको लहानमा आफ्ना पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

जिल्लाको सखुवा ननकारकटी गाउँपालिका-५ घर भई लहान नगरपालिका १ मा बस्दै आएकी सरताकुमारी साह आफ्नो पाँच वर्षिय छोरा आयुष साहको हत्या गरेको आरोपमा पक्राउ परेकी हुन् ।

गत बैशाख ११ गते बिहानबाट बालक आयुष फेला नपरिरहेको सुचनापछि सिरहा प्रहरीले उनलाई खोजतालस सुरु गरेको थियो । अनुन्धानमा जुटेको प्रहरीले सरिता बस्दै आएको कोठाको पलङ भित्रको घर्रामा मृत अवस्थामा बालकको शव फेला परेको थियो ।

सरिताले आफ्नो छोराको हत्या गरेको स्वीकार गरेको सिरहा प्रहरीले जनाएको छ । हत्याको कारणबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077