Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेशम चौधरीको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले शुक्रवार रेशमले दायर गरेको रिटमा मिसिल कागज झिकाउन आदेश दिएको हो ।​​

संरक्षक चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

नागरिक उन्मुक्तिको टीकापुरमा पुस २७ गते सम्पन्न पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाई निर्वाचित गरेको थियो ।  तर त्यो निर्णयलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गर्‍यो ।

आयोगले नागरिक उन्मुक्तिको अध्यक्षमा रञ्जितालाई नै सदर गरेपछि रेशमले निर्वाचन आयोग र रञ्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊँ भनी रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077