Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकी प्रदेशको डीआईजीमा दुर्गा चन्द

काठमाडौं । गण्डकी प्रदेशको नयाँ प्रहरी प्रमुखको जिम्मेवारी डीआईजी दुर्गासिंह चन्दलाई दिइएको छ ।

उमेरहदका कारण गण्डकी प्रहरी प्रमुख डीआईजी विकासराज खनालले अवकाश पाएसँगै उनको ठाउँमा डीआईजी सिंहलाई पठाइएको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बिहीबार गृहमन्त्रीस्तरीय निर्णयबाट डीआईजी सिंहलाई गण्डकी प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

डीआईजी खनालले वैशाख ७ मा ५६ वर्षे उमेरहदका कारण अवकाश पाएका थिए। आजै शुक्रबार ६ एसएसपीको सरुवा गरिएको थियो ।

८ महिनामै जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077