काठमाडौं । एमालेका पूर्व अध्यक्ष स्वर्गिय मनमोहन अधिकारीको आज २५ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।
नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको स्मृतिमा एमालेले आज विभिन्न कार्यक्रम गर्ने भएको छ ।
अधिकारीको २०५६ सालको वैशाख १३ गते निधन भएको थियो । मनमोहनको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो ।
अधिकारी २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री बनेका थिए । अधिकारीपछि ६ जना कम्युनिष्ट नेताले सरकारको नेतृत्व गरिसकेका छन् । तर अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेका कामको अहिलेसम्म मानिसहरुले सम्झने गरेका छन् ।
Leave a Reply