खोटाङ । सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ।
रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो।
खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको आगो अनियन्त्रित भएर स्थानीय हरमटार मैनाचउर सामुदायिक वनमा सल्केपछि निभाउन खोज्दा जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोजी गर्ने क्रममा डढेलोले जलेको अवस्थामा उनको शव भेटिएको बताइएको छ ।
Leave a Reply