Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष गुरुङ पक्राउ

लमजुङ । बेंसीसहर नगरपालिका-९ का वडाध्यक्ष खुसीजंग गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार गुरुङविरुद्ध अभद्र व्यवहार कसुरमा अनुसन्धान अघि बढाएको हो ।

वडाध्यक्ष गुरुङले वैशाख ९ गते रातिको समयमा कुटपिट गर्दा बेंसीसहर नगरपालिका ७, सहजीका सुनिल थापा घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पीडित थापाले शौचालय गएर फर्किने क्रममा आफूमाथि वडाध्यक्षलगायतले सिसा प्रहार गर्नुका साथै कुटपिट गरेको बताएका छन् ।

पीडित परिवारले कुटपिटमा संलग्न अन्यका विरुद्ध उजुरी दिए पनि प्रहरीले पक्राउ नगरेको गुनासो गरेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार अभद्र व्यवहारको कसुरमा अनुन्धान भइरहेको छ ।

उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट बुधबार दिन ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077