Online Nepal
  • बिहिबार, १ जेष्ठ २०८२
  • करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

    करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 831
    SHARES

    सुर्खेत । करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ।

    मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका अन्दाजी २८ बर्षीय विशाल केसी रहेका छन्।



    बराहताल गाउँपालिका–८, कुनाथरी भन्ने ठाउँमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो ।

    विद्युत् प्राधिकरण सुर्खेतका अनुसार करेन्ट लागेर घाइते उनलाई प्रदेश अस्पताल लगिएको थियो।

    चिकित्सकहरुले बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार