Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचार गर्न निषेध

काठमाडौं । वैशाख-१५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ ।

निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको हो ।

आज राति १२ बजेबाट मौन अवधि शुरू हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार मौन अवधिमा प्रचार गर्न पाइँदैन ।

निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077